एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एन्टर्क

काठमाडौँ, माघ ४– नेपालको लागि टिभिएस्मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको छ।

२०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भईसकेको छ ।

बलियो र स्टाइलिश लुक तथा स्मार्ट फिचरले गर्दा टिभिएस् एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो ।

यस बारेमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवाल ज्युले भन्नुभयो, “हामीले नेपाली ग्राहकहरूको यति धेरै माया र विश्वास पाएका छौँ ।

लन्च गरेको यति छोटो अवधिमै १ लाख एनटर्कहरू रोडमा गुडिसकेका छन् ।

यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरु प्रति कृतज्ञ छौँ ।”

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ ।

यसको टिभिएस एनटर्क ड्रम आकर्षक मुल्यको कारण बढी रुचाइएको छ भने हाल सालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ ।

टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोडल गायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् ।

नेपाली बजारमा अत्याधुनिक प्रविधी युक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो ।

स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको हो ।

लन्च भएको छोटो समयमा नै १ लाख टिभिएस् एनटर्कहरु सडकमा गुड्नुले तथा कम्पनीले नियमित आयोजना गर्ने राइडहरुमा हुने उल्लेखनीय सहभागिताले टिभिएस् एनटर्कहरुको बढ्दो लोकप्रियतालाई पुष्टी गरेको छ ।

एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरुको लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको छ ।

एक लाख स्कुटर  बिक्री भएको उपलक्ष्यमा टिभिएस् एनटर्क अहिले ३,९९९ को मासिक किस्तामा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *