टाटा पन्चले ४२१ किलोमिटर रेन्ज दिने

टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई भारतमा लन्च गरेको छ ।

सुरुवाती मूल्य १० लाख ९९ हजार भारु निर्धारण गरेर टाटाले सो नयाँ ईभी लन्च गरेको हो ।

यसको सबैभन्दा महंगो भेरिएन्ट स्ट्यान्डर्ड एम्पावर्ड प्लसलाई १४ लाख ४९ हजार भारु पर्ने जनाइएको छ ।

दुई ब्याट्री अप्सनमा उपलब्ध सो ईभीको स्ट्यान्डर्ड रेन्ज स्मार्ट, स्मार्ट प्लस, इड्भेन्चर, एम्पावर्ड र एम्पावर्ड प्लस गरी कुल ५ ट्रिममा उपलब्ध हुनेछ भने लङ रेन्ज चाहिँ इड्भेन्चर, एम्पावर्ड र एम्पावर्ड प्लस ट्रिममा उपलब्ध हुनेछ ।

पन्च ईभीमा टाटाले नेक्सनमा जस्तै दुई ब्याट्री अप्सन दिएको छ । सो नयाँ ईभीमा २५ र ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर ६० किलोवाट र ९० किलोवाट क्षमताको दिइएको छ ।

यसले ३१५ र ४२१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

टाटाको जेन २ ईभी आर्किटेक्चसंगै अल्फा प्लेटफर्मममा तयार भएको पन्च ईभीमा लिक्वड कुल्ड ब्याट्री संगै पिएमएस मोटर जडान गरिएको छ ।

यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम रहेको छ । कम्पनीले यसमा भेन्टिलेटेड फ्रन्ट सिट समेत दिएको छ ।

यससंगै पन्च यस्तो फिचर उपलब्ध हुने सबैभन्दा सस्तो ईभी बनेको छ । साथै यसमा ३६० डिग्री क्यामेरा समेत पाउन सकिन्छ ।

सो नयाँ ईभीमा १०.२५ इन्चको टचस्क्रिन, ह्यारियर र सफारी एसयूभीमा जस्तै टु स्पोक स्टेरिङ ह्विल, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ब्लाइन्ड भ्यू मिरर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सनरुफ, वायरलेस फोन चार्जर, पुस बटन स्टार्ट÷स्टप सहितको किलेस इन्ट्रि र हर्मन साउन्ड सिस्टम लायत फिचर दिइएको छ ।

सो नयाँ ईभीले भारतमा सिट्रोन ई–सी३ र टाटाकै टिगोर ईभीसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

पन्च ईभी अवको केही समयपछि नेपालमा पनि उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *