जिप चोरी गर्ने एकजना पोखराबाट पक्राउ

पार्किङ गरेर राखेको जिप चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १४ खाल्टेमसिना बस्ने वर्ष २० का गोविन्द परियार रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

बुधबार बिहान पोखरा महानगरपालिका– १० अमरसिंह स्कुलको खेलमैदानमा पार्किङ गरेर राखेको ग.२च २३४३ नम्बरको बोलेरो जिप चोरी भएको थियो ।

जिप चोरीको सूचना पाएसँगै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा– १४ समिनतरामा चोरी भएको भनिएको जिप चलाइराखेको अवस्थामा प्रहरीले परियारलाई पक्राउ गरेको विकले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका परियारलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट बुधबार ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *