पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगम लिमिटेडले आज (सोमबार) रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६६ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान एक सय ५६ रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ।

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल १.२६ रुपैयाँ र डिजेल ०.८३ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *