अटो पार्टस ईन्टरनेशनलको आपति

सर्वसम्मत नयाँ नेतृत्व चयन भएको अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) मा एक सातामै विवाद भएको छ।

नाडामा करण चौधरीले नेतृत्व गरेको एक साता पनि नबित्दै आकाश गोल्छा प्यानल असन्तुष्ट बनेको हो।

गोल्छा र ध्रुव थापा पक्षले प्रतिनिधि नै नभएका, निर्वाचन प्रणालीमा सहभागी नभएका सगुन कंशाकारलाई सदस्य बनाउन दबाब दिएपछि अध्यक्ष चौधरीले नैतिकताको आधारमा बनाउन नमिल्ने अडान राखेका थिए।

हाम्रो गम्भिर आपति

क्यापिटल नेपालमा प्रकाशित अटो पार्टस ईन्टरनेशनल प्रालिका सगुन कंसाकारले ब्याकडेट रसिद लिएको भन्ने समाचार प्रति हाम्रो गम्भिर आपति जनाउन चाहन्छौ ।

नाडाका तत्कलिन महासचिवको नामबाट जारि गरेको सुचना अनुसार मिति २०८० पौष ११ गते बेलुकि ५ः०० बजेसम्म नवीकरण गर्ने समयसिमा तोकेकोमा मिति २०८० पौष ९ गते संस्था नवीकरण गरिसकेको अवस्थामा कसरी ब्याकडेट हुन्छ।

प्रमाणको लागि नाडाको सुचना, रसिदको फोटो, capital Nepal को समाचार यसै साथ राखेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *