सर्वसम्मत नयाँ नेतृत्व चयन भएको अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) मा एक सातामै विवाद भएको छ।
नाडामा करण चौधरीले नेतृत्व गरेको एक साता पनि नबित्दै आकाश गोल्छा प्यानल असन्तुष्ट बनेको हो ।
करणले सम्झौता विपरीत काम गरेको गोल्छा प्यानलको आरोप छ। तर, चौधरी पक्षले भने गोल्छा प्यानलले आफूखुसी गर्न नपाएपछि बाहिरिन लागेको जनाएको छ।
गोल्छा र ध्रुव थापा पक्षले प्रतिनिधि नै नभएका, निर्वाचन प्रणालीमा सहभागी नभएका सगुन कंशाकारलाई सदस्य बनाउन दबाब दिएपछि अध्यक्ष चौधरीले नैतिकताको आधारमा बनाउन नमिल्ने अडान राखेका थिए।
‘सोही अडानपछि गोल्छा पक्ष असन्तुष्ट भएको हो’, अध्यक्ष करण चौधरीले भने।
अध्यक्ष करणको कुरा सत्य नभएको गोल्छा प्यालनका एक सदस्यले बताए।