नाडा नेतृत्वका लागि अध्यक्षमा गोल्छा चुनाव लड्ने तयारी भए पनि अन्तिममा चौधरीलाई समर्थन गर्दै सर्वसम्मत बनाउन लागेका थिए।
सोही बेला केही सदस्य र केही एजेन्डा आफ्नो हुनुपर्ने माग गोल्छाको थियो।
तर, चौधरीले सम्झौता विपरीत काम गर्न थालेकाले नाडाबाट बाहिरिन लागेको गोल्छा पक्षले जनाएको छ।
समर्थन गरेको बहानामा विधान र नैतिकता बाहिर गएर निर्णय गर्न नमिल्ने चौधरी पक्षले जनाएको छ।
निर्वाचन प्रणालीमा साधारण सदस्य समेत भएको र ब्याकडेटमा रसिद नलिएको देखिएपछि कंशाकारलाई सदस्य बनाउन नमिलेको नाडाले जनाएको छ। ब्याक डेटमा रसिद नकाटेको गोल्छा पक्षको तर्क छ।
प्यानल बनाएर निर्वाचन लड्न लागेका अटो व्यवसायीले एकताको सन्देश दिन सर्वसम्मत नेतृत्व चुने पनि चरम गुटबन्दीका कारण एक सातामै विवाद सिर्जना भएको हो।
गम्भिर आपति
Capital Nepal मा प्रकाशित अटो पार्टस ईन्टरनेशनल प्रालिका सगुन कंसाकारले ब्याकडेट रसिद लिएको भन्ने समाचार प्रति हाम्रो गम्भिर आपति जनाउन चाहन्छौ ।
नाडाका तत्कलिन महासचिवको नामबाट जारि गरेको सुचना अनुसार मिति २०८० पौष ११ गते बेलुकि ५ः०० बजेसम्म Renew गर्ने समयसिमा तोकेकोमा मिति २०८० पौष ९ गते संस्था Renew गरिसकेको अवस्थामा कसरी ब्याकडेट हुन्छ।