कति यात्रु हुन सक्छन् भन्ने सामान्य आकलन पनि नगरी बनाइएका र केवल ‘राजनीतिको रोटी’ सेक्न बनाइएका विमानस्थल बोझ बनेका हुन्।
कुनै योजना र दृष्टिकोण नहुँदा नै राज्यको व्ययभार ती विमानस्थलले बढाए। र, आज गौचरन सावित भए।
मुलुकभरि नै कति विमानस्थल कहाँ–कहाँ चाहिने हो भन्ने यकिन राज्यले पहिला गरेर मात्रै लगानी हुनुपर्नेमा व्यक्ति–व्यक्तिका इच्छा र लहड अनि हचुवामा विमानस्थल बनाउनुको परिणाम नै आज भोग्नु परेको हो।
आन्तरिक विमानस्थलको त्यस्तो हविगत भयो–भयो, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय उडानबिनाका अन्तर्राष्ट्रिय भएका छन्।
त्यहाँको लगानी अघि बिजनेस प्लान नभएकैले ऋणको भार राष्ट्रले खेप्नु परेको हो।
त्रिभुवन विमानस्थलको विकल्पमा निर्माण गर्नुपर्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रक्रिया अघि बढाउनु साटो सरकारमा बस्नेहरूले खुद्रे कर्ममै ध्यान दिनु निकै विडम्बना हो।