काठमाडौंमा द्रुत बस सेवा तयारी

सरकारले काठमाडौंको सार्वजनिक यातायात सुधार्न ‘बस र्‍यापिड ट्रान्जिट’ (बीआरटी) प्रणाली लागू गर्ने तयारी गरेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको यस योजना अनुसार उपत्यकाका मुख्य सडकहरूमा छुट्टै लेन बनाएर तीव्र गतिको बस सेवा सञ्चालन गरिनेछ।

अध्ययनका अनुसार यस प्रणालीको निर्माण लागत प्रति किलोमिटर औसत ४५ करोडदेखि ७५ करोड रुपैयाँसम्म पर्न सक्ने देखिएको छ।

रेल सेवाको तुलनामा सस्तो र प्रभावकारी मानिएको यो परियोजनाले ट्राफिक जाम घटाउन र यात्रा सहज बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *