Skip to content
एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले शक्तिशाली इलेक्ट्रिक एसयूभी ‘एमजी एससिक्स’ (MG S6) नेपाली बजारमा भित्र्याएको छ।
यो एसयूभी १८० किलोवाटको शक्तिशाली मोटरसहित आएको छ, जसले ३५० एनएम टर्क उत्पादन गर्छ र यसलाई आफ्नो सेगमेन्टकै उत्कृष्ट मानिएको छ।
यसमा ७७ किलोवाट आवरको ठूलो ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज (WLTP) दिने कम्पनीको दाबी छ।

४.७ मिटर लामो यो गाडीले १४४ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ, जसले मात्र ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ।
आधुनिक फिचर्सका रूपमा यसमा १२.८ इन्चको स्क्रिन, प्यानारोमिक सनरुफ, ११ वटा स्पिकर र ६७४ लिटरको ठूलो बुट स्पेस उपलब्ध छ।
प्रविधि र पावरको उत्कृष्ट संयोजन रहेको यस ‘फुल साइज’ इलेक्ट्रिक एसयूभीको सुरुवाती मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
Post Views: 13