ट्याक्टर फर्किँदै गर्दा दुर्घटना

वनबाट पात टिपेर ट्याक्टरमा फर्किँदै गर्दा भएको दुर्घटनामा दाङमा २८ जना यात्रु घाइते भएका छन् ।

बुधबार साँझ सवा ५ बजेतिर  लु २ त ५१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिए ।

घाइते हुनेहरु सबै गढवा गाउँपालिका वडा नम्बर ४ पर्साका रहेको प्रहरीले बताएको छ ।

दुर्घटनाका घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी चालक गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *