चन्द्रनिगाहपुर-गाैर सडकखण्डमा चक्काजाम

रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा स्थानीयले चक्काजाम गरेका छन्।

हुलाकी राजमार्गअन्तर्गतको बडहरवा पुल समयमा नबनेको भन्दै स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन्।

हुलाकी राजमार्गअन्तर्गत पर्ने बागमतीको बढहर्वा पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले चन्द्रनिगाहपुर–गौर सडकखण्डको बम नहरमा सवारीसाधन अवरुद्ध गरेर चक्काजाम गरेका हुन्।

उनीहरूले आज दिउँसो करिब डेढ बजेबाट सो स्थानमा चक्काजाम गरेका कारण चन्द्रनिगाहपुर–गौर सडकखण्डमा चल्ने सवारीसाधन अवरुद्ध भएका हुन्।

पप्पु कन्स्ट्रक्सनले पुल बनाउन ठेक्का लिएको थियो। रौतहटको यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका स्थानीय बासिन्दाले बम नहरमा जम्मा भएर पुल समयमै बन्नुपर्ने माग राख्दै चक्काजाम गरेका हुन्।

रौतहटको क्षेत्र नम्बर १ का प्रदेश सांसद नागेन्द्र शाहसहितका स्थानीय बासिन्दाले चक्काजाम गरेपछि चन्द्रनिगाहपुर–गौर सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *