टिभिएस आईक्युबको ग्रीनरेभोलुसन राइड

नेपालको लागि टिभिएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ ।

टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो ।

बेस्ट इन क्लास इन्डुरेन्स (सिङ्गल चार्जमा नै धेरै भन्दा धेरै माइलेज दिने), राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मुल्य जस्ता विशेषताहरुले गर्दा लन्च भएको ४ महिना भन्दा कम समयमा नै टिभिएस आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको हो ।

यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३,५०० किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ, जुन लगभग १७५ वटा रूख रोपेको बराबर हो ।

साथै अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ ।

सम्रगमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ ।

साथै सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पु¥याएको छ ।

विश्वव्यापी रूपमा टिभिएस आईक्युब २२५,००० घरहरुमा पुग्न सफल भएको छ ।

१.२५ बिलियन किलोमिटर भन्दा बढी दुरी गुड्दा टिभिएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३,७६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ जुन १.७ मिलियन रूखहरू रोपेको बराबर हुन्छ ।

स्वदेशमा नै बिजुली उत्पादन गर्ने थोरै देशहरू मध्यमा नेपाल पनि पर्दछ ।

टिभिएस आईक्युबले देशमा नै उत्पादित बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा ठुलो योगदान पु¥याउँदै छ ।

१००,००० कि.मीको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टिभिएस मोटरकम्पनीले जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा टिभिएस आईक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ ।

नक्सालको टिभिएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टिभिएस आईक्युबग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागीता थियो ।

यस राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषण विरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु थियो।

यस कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनको मेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो ।

टिभिएस आईक्युबले सिंगल चार्जमा १०० किलोमिटको रेन्ज प्रदान गर्दछ ।

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७ किलोमिटर प्रतिघन्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रति घन्टासम्म एक्सेलरेसन दिन्छ ।

पावर ईको मोडले राइडलाई रेन्ज अथवा पफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ ।

७ इन्चको टि.एफ.टि क्लस्टरले म्युजिक कन्ट्रोल, थिम पसनलाइजेसन, भोइस एसिट जस्ता सुविधाहरू प्रदान गर्दछ ।

टिभिएस आईक्युबका मुख्य विशेषताहरूः

पीकपावर ४.६ किलोवाट, टर्क १४० एनएम

  • रेटेड पावर ३.३४ किलोवाट

  • टप स्पिड –७ किमी/घण्टा

  • एक्सेलेरेशन – ४.२ सेकेन्डमा ०–४० किमी/घण्टा

  • सिंगल चार्जमा दिने रेन्ज– १०० किलोमिटर

  • पार्किङ असिस्ट

  • ७” टिएफटी क्लस्टर, सहज ५–वे जोइस्टिक

  • म्युजिकप्लेयर नियन्त्रण

  • नाइट मोड

  • स्मार्ट हेलमेट जडान

  • आगमन कल/एसएमएस अलर्ट

  • क्लस्टरमा डकुमेन्ट स्टारेज

  • ३२ लिटको अन्डर सिट स्टोरेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *