पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएन नियमित व्यावसायिक उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको मंगलबार एक वर्ष पूरा हुँदै छ ।

निकै तामझामका साथ १७ पुस ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा वर्षभरि नै व्यवसायिक अन्तर्राष्ट्रिय उडान शून्य नै रह्यो ।

सञ्चालनमा आएको करिब दुई महिनापछि ११ फागुनमाइन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि विमानस्थल अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि पनि योग्य भयो ।

१८ फागुन ०७९ देखि रात्रिकालीन उडानसमेत सुरु भयो ।

तर, यो अवधिमा आन्तरिक उडान छाडेर चारपटक पाँच चार्टर र एक व्यावसायिक अन्तर्राष्ट्रिय उडान मात्रै भएको छ ।

एक वर्ष बित्दासमेत व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा पोखराका पर्यटन व्यवसायी निराश भएका छन् ।

नियमित अन्तर्राष्ट्रिय उडानका लागि पोखराका व्यवसायीसँगै सरोकारवालाले पटक–पटक सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग छलफल गरे पनि सकारात्मक परिणाम निस्कन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *