सडक दुर्घटनामा दुईजनाको मृत्यु

गएराति १२ः३० बजेको समयमा नेपालगन्जमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको सुपप्र ०१–००१– च ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए।

ठक्करबाट सडकछेउमा उभिएका नेपालगन्ज उपमहानगरपालिका– १३ की २४ वर्षीया आस्था शाह र राजापुर नगरपालिका– १० बर्दियाका २३ वर्षीय मायाराम चौधरीको घटनास्थलमै मृत्यु भएको उनले बताए।

दुर्घटनामा नेपालगन्ज– १३ की सहाना शाह घाइते भएकी छिन।

तीव्र गतिमा रहेको गाडीले सडकछेउमा उभिएकालाई ठक्कर दिँदै पर्खालमा ठोक्किएको उनले जानकारी दिए।

चौधरी र शाह होटेल सिद्धार्थ भ्युमा अंग्रेजी नयाँ वर्ष मनाउन गएको बाँके प्रहरीले जनाएको छ। पर्खालमा ठोक्किएपछि गाडी क्षतविक्षत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *