सिप्रदीद्वारा जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको छ ।
सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रालिको संयुक्त प्रयासमा यहि कार्तिक २६ गतेका दिन जिल्ला प्रसासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठ बिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रू. ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ ।
तिहारमा लक्ष्मीपुजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु (त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतकाअन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो ।
संस्थाको अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाट झन्डै १,२०० घर परिवारका ४,८०० जना भूकम्पपिडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।
सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालको अनुसार, “भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको बैकल्पिक व्यवस्थान भएका पिडितहरुलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा स्थानीयप्रशासनसंग समन्वयगर्दै राहतवितरण गरेका छौं । प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरु हस्तान्तरण गरेका छौं र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग पुराउने नै छौं ।”
आठविसकोट, रुकुमकानगर प्रमुख रबि के सीको अनुसार,“जाजरकोट केन्द्रबिन्दु भएर विनासकारी भुकम्प प्रभावित यस नगरपालिका जनताको लागि सिप्रदी सहायता संस्थाले गरेको खाधान्न, जिन्सी र औषधि लगायतका सामग्रीको सहयोग प्रति हामी आभारी छौं ।
यो सहयोगले यस प्रकोपले दुखमा परेका नगरबासीलाई राहतमिलेको छ ।”
विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट्सँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को शुरूवात गरेको थियो ।
सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अति प्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनःर्निमाण र हस्तान्तरण गरेको थियो ।
सिप्रदीयन सहायता संस्थाको बारेमा
सन् २०१२ देखि सञ्चालनमा रहेको सिप्रदीयन सहायता संस्था गैरनाफा मूलक, गैर सरकारी तथा गैर राजनीतिक सामाजिक संस्था हो।
सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व जिम्मेवारी सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न यस संस्थाको स्थापना गरिएको हो ।
यस संस्थाले शिक्षा, स्वास्थ, तालिम, खेलकुद, सामाजिक सेवा तथा प्राकृतिकविपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनःस्र्थापना सम्बन्धि कार्यमा सहयोग गर्दै आएको छ ।