काठमाण्डौं – हेटौंडासम्मको यात्रा अनुभव

TATA NEXON EV MAX बाट काठमाण्डौं – फर्पिङ – कुलेखानी – हेटौंडा – वीरगंज र फिर्ता हेटौंडा – सौराहा – भरतपुर – कुरिनटार हुँदै काठमाण्डौसम्मको ५१८ किमीको यात्रा अनुभव ।

१. काठमाण्डौंबाट हेटौंडासम्म जम्मा २१ प्रतिशत व्याट्री खर्च भयो ।
२. भरतपुर बाट काठमाण्डौंसम्म ७० प्रतिशत र कुरिनटारबाट काठमाण्डौंसम्म ४८ प्रतिशत व्याट्री खर्च भयो ।
३. सिमरा, भरतपुर र कुरिनटारमा गरी कुल चार्ज खपत १८६ प्रतिशत वा ७६ KWH ।
४. जम्मा विद्युत खर्च प्रति युनिट १० रुपैयाँका दरले रु ७६० वा प्रतिकिलोमिटर १ रुपैंयाँ ४६ पैसा ।
५. तराईको सम्म बाटोमा स्पीड ७० KMH भन्दा बढी हुँदा व्याट्री धेरै खपत भयो ।
तराईमा धेरै रेञ्ज दिन्छ भन्ने हैन है । झन कम हुन्छ ।
६. NEA को चार्जरमा गाडी चार्ज भएन ।
७. अरु कुनै समस्या भएन, चार्ज चाहिं जहाँ भेटिन्छ गरिहालौं ।
८. TATA NEXON EV MAX साँच्चिकै यात्राको सहयात्री हो है ।

– Raju Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *