Skip to content
नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेशनमा एकैदिन २ हजार पटक बढी विद्युतीय सवारी चार्ज भएका छन् ।
चार्जिङ स्टेशनबाट एकैदिन विद्युतीय सवारीले २ हजार पटक बढी सेवा लिएका हुन् ।
प्राधिकरणले २२ हजार युनिट विद्युत इलेक्ट्रिक सवारीलाई बिक्री गरेको हो ।
यस वर्षको दसैं विद्युतीय सवारीमय भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भन्यो,–‘यस वर्षको दसैं विद्युतीय सवारीमय भएको छ ।

सडकमा हजारौं इभि चलिरहेका छन् । यति चाँडै एकदिनमै २२ हजार युनिट विद्युत इभिलाई बेचियला भन्ने लागेको थिएन ।’
यद्यपि, विद्युतीय सवारी सिस्टमका लागि नेपालमा धेरै कुरा गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
तर, पनि आम सर्वसाधारण नेपालीहरुको विद्युतीय सवारी प्रयोगमा बानि परेको देखिएको प्राधिकरणले बतायो ।

एकदिनमै २२ हजार विद्युत इभिमा खपत हुँदा करि २० हजार लिटर डिजेल–पेट्रोल बचेको छ ।
अर्थात् दैनिक रुपमा ३६ लाख रुपैयाँ बचत भएको प्राधिकरणको दावी छ ।