Hunter Ride the Light 2023

रोयल इनफिल्डको ‘Hunter Ride the Light 2023’ आयोजना भएको छ ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड”को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले दिपावलीको अबसर पारेर ‘रोयल इनफिल्ड ‘Hunter Ride the Light 2023’ कार्यक्रम आयोजन गरिएको हो ।

यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, Promoting systematic ride र हाम्रा परम्परा संस्कृति र चाडहरु संरक्षण एवं प्रबद्धण गर्नु रहेको छ ।

रोयल इनफिल्डको शोरूम कोटेश्वरबाट सुरु भएको यो राइड कोटेश्वर, बानेश्वर भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नन्खु, सानेपा, बल्खु, चोभार, टौदह, बोसन डाडासम्मको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *