नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले काठमाडौँको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरुलाई लक्षित गर्दै नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ ।
करिब ११ हजार ८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कशपको उद्घधाटन सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिले गरेका थिए ।
नयाँ वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत संभार लगायत डेन्ट पेन्टको समेत सुविधा रहेको छ ।
यो वर्कसपमा विशेषतः विद्युतीय गाडीको (इभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरुको व्यवस्था गरिएको छ ।
यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ्ग स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ्ग स्टेसन र आठवटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसन लगायत बाह्रवटा “बे हरु” रहेका छन् ।
उक्त समुद्घघाटन समारोहमा बोल्दै टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिल भने, “ पछिल्लो समय नेपालमा टाटा मोर्टसको पेसेन्जर गाडीहरु ग्राहकहरुको नम्बर १ रोजाईमा पर्न सफल भएका छन् ।
जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो ।
टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ हाम्रो आशा रहेको छ।”
उक्त सर्भिस सेन्टरको जानकारी गराउदै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भने “हामी सदैव ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट सेवा प्रदान गर्न प्रतिवद्ध छौ ।
यही प्रतिवद्धता स्वरुप सिप्रदीले दक्ष जनशक्ति एवं अत्याधुनिक नयाँ वर्कशप सञ्चालनमा ल्याइएको हो ।”
टाटाका ग्राहकवर्गले यस वर्कशपमा अटोप्लस बीमा, सञ्जीवनी इन्जिन रिपेयर, एक्सप्रेस सेवा (४८ घण्टा भित्र मर्मत) र इन्टेरिएर एक्टेरियरको क्लिनिङ–वाशिङ जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।