ई-ड्राइभ नेपालमा महिला चालकहरूलाई विशेष सहुलियत

ई-ट्याक्सीलाई वढावा दिनु जरुरी

उद्घाटन समारोहमा बोल्नुहुंदै प्रमुख अतिथी नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले नेपालमा इलेक्ट्रिक गाडिको प्रयोगले नेपालमै उत्पादित विजुली र र त्यसको खपत नेपालमै हुंदा आर्थिक उन्नतीमा टेवा पुग्ने बताए ।

साथै उहाँले एउटै कम्पनीको इलेक्ट्रिक ट्याक्सी खरिद गर्नुपर्ने गरी हाल सरकारले बनाएको नियम सच्याउन जरुरी रहेको बताउँदै भने, इ गाडी मैत्री कानुन ल्याउन हामी पहल गर्नेछौं। ु

त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग भएका ट्याक्सीहरुलाई विस्थापित गर्दै ईट्याक्सीलाई सरकारले वढावा दिनुपर्ने बताए ।

नेपालमा १०० गाडी भित्रिँदा ७० वटा गाडी विद्युतिय हुनु खुशीको विषय रहेको भन्दै कार्यकारी निर्देशक घिसिङले पेट्रोल ट्याक्सीलाई विद्युतिय ट्याक्सीमा परिणत गर्न सरकारले सुविधा थप्नुपर्ने सुझाव पनि दिए ।

पुर्णत विद्युतबाट चल्ने यी सवारी साधनले ग्राहकलाई आरामदायी सेवा सुविधा सहित गन्तब्यमा पुर्याउनेमात्र नभई बिद्युतको खपत, पेट्रोलियम पदार्थबाट बिदेसिने रकममा राज्यको बचत, इको फ्रेन्डली र वातावरण संरक्षणलाई समेत फाइदा पुग्ने कम्पनीका अध्यक्ष राजेश मास्केले बताए ।

ईड्राइभको राइड शेयरिङ एप नेपाली सफ्टवेयर इन्जिनियरहरूले नेपालमा बनाएको पहिलो एप पनि हो। यो एप अहिले नै प्ले स्टोर तथा एप स्टोर दुबैमा डाउनलोड गर्न सकिन्छ।

रोजगारी

ई-ड्राइभ नेपाल प्रालिले महिला चालकहरूलाई विशेष सहुलियत प्रदान गरेको छ।

त्यस्तै आफै गाडी मालिक बन्नेहरुकालागि पनि योजना कम्पनीसँग छ।

इलेक्ट्रिक सवारी खरिद गरी सञ्चालन गर्न चाहना राखेका तर आर्थिक अवस्था कमजोर रहेकालाई कम डाउन पेमेन्टमा ट्याक्सी खरिद गर्नका लागि कम्पनीले सुविधा दिनेछ।

साथै एपमा आबद्ध सवारी चालकले कमिसन प्रतिशत कम मात्र बुझाउनुपर्नेछ। इलेक्ट्रिक

सेवाको प्रयोग र बचत

काठमाडौँ उपत्यकामा पेट्रोलबाट चल्ने १६ हजार ट्याक्सी दर्ता छन्।

त्यसमा दैनिक १२ हजार ट्याक्सी सञ्चालनमा आएको देखिन्छ। जसले दैनिक अनुमानित ३ करोड ६ लाख नेपाली रुपैंया बराबरको पेट्रोल खपत गरिरहेको सर्वेक्षणले देखाएको छ।

पेट्रोलका यी सबै ट्याक्सी ई ट्याक्सी हुने हो भने १२ हजार ट्याक्सीले दैनिक २४ लाख रुपैंया बराबरको विद्युत् खपत गर्नेछ।

त्यसो हुँदा दैनिक २ करोड ८२ लाख रुपैंया बचत हुनेछ। यसले प्रति महिना ८४ करोड ६० लाख रुपैंयाको बचत हुने देखिन्छ।

अर्थात् मासिक ९१ करोड ८० लाख रुपैंया बराबरको पेट्रोल खरिदबाट बिदेसिने रकम बचत हुनेछ।

भने अर्कोतर्फ विद्युत् उत्पादनमा फड्को मार्दै गरेको नेपालको विद्युतको नेपालमै राम्रो खपत हुनेछ।

ग्रिन सिटी क्लिन सिटी

प्रदूषणमुक्त सहरहरु सबैको साझा अभियान हो। यस अभियानमा इलेक्ट्रिक सवारीले विश्वमा नै प्राथमिकता पाइरहेको अवस्थामा ईड्राइभ नेपाल पनि प्रदूषणरहित सुन्दर सहरहरुको अवधारणामा जोडिएको छ।

इलेक्ट्रिक सवारीको प्रयोगले वातावरण संरक्षणमा प्रत्यक्ष योगदान पुग्नेछ।

काठमाडौँ महानगरपालिकाको ग्रिन सिटी क्लिन सिटीु अवधारणालाई अगाडि सारेको छ।

महानगरको अवधारणमा ई ड्राइभ नेपालले पनि सहयोगी भूमिका निभाउने कम्पनीको विश्वास छ।

मुख्यतः सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य हो।

साथै ई ड्राइभ नेपालको अभियान विशुद्ध व्यापार मात्र नभएर नयाँ नेपाल बनाउने अभियानको एउटा सारथि हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *