ई – ड्राइभमा विशेषता के छ ?

ई-ड्राइभ एपको भाडा अन्य सवारी सेवा भन्दा सस्तो छ भने निकै सुरक्षित रहेको जनाइएको छ।

ई-ड्राइभ सेवामा वान टाइम पासवर्ड (ओटिपी) प्रणालीको प्रयोग गरिएको छ।

जसले सेवाग्राही र चालक बिच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ।

त्यसैगरी ई-ड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा सेवाग्राहीलाई तोकिएको बिमा सुविधा प्राप्त गर्ने छन्।

त्यस्तै ईट्याक्सीमा जिपिएस जडान गरिएको छ।

यसले गर्दा आफ्नो सवारी साधनको सम्पूर्ण नियन्त्रण ई-ड्राइभ कम्पनीसंग हुनेछ र यसले सेवाग्राहीलाई थप ढुक्क बनाउनेछ।

त्यस्तै कम्पनीले आफ्नै फास्ट चार्जिङ स्टेसनु स्थापना गरेको छ।

जसमा पार्किङ लट सहित ट्याक्सी, स्कुटरहरू चार्ज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *