नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनको एप इ-ड्राइभ नेपाल

नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप इ-ड्राइभ नेपाल सञ्चालनमा आएको छ।

ई-ड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।

अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना विमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले इ-ड्राइभ नेपाल एप सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ।

विहिवार प्रमुख अतिथी नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले रिवन काटेर तथा बाग्मति प्रदेशका उपसभामुख अप्सरा चापागाँई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर इ-ड्राइभ एप र ट्याक्सी सेवाको उद्घाटन गरेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथी वर्तौलाले भने इलेक्ट्रिक्स गाडिको प्रयोगले नेपालको विद्युतको खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रुपैंया विदेशिनबाट जोगिने हुनाले यसको भविष्य उज्वल छ।

राष्ट्रिय सभा गृहमा उद्घाटन गरेसंगै ५२ वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो।

हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ।

साथै ई-ड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमश: जोडिंदै जाने कम्पनीले जनाएको छ।

ई-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ई-ड्राइभ नेपालको उद्देश्य हो।

साथै नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशि बिदेसिनबाट जोगाउनु ई-ड्राइभ नेपालको अभियान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *