भारतको लोकप्रिय एथर स्कुटर नेपालमा

भारतको लोकप्रिय इलेक्ट्रिक टु –ह्विलर एथरको नयाँ स्कुटर नेपाली बजारमा आएको छ ।

वैद्य अर्गनाजेसन अन्तर्गतको वैद्य इनर्जीले एथर इलेक्ट्रिक स्कुटर नेपालमा ल्याएकोे हो ।

सो अर्गनाइजेसन अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिन्डकेट प्रालिले टोयोटा ब्रान्डको गाडी बिक्री गर्दै आएको छ ।

कम्पनीले एक कार्यक्रम गरी एथर ब्रान्डका स्कुटरको बिक्री सुरु गरेको हो ।

उसले स्कुटर बिक्री गर्न काठमाडौंको गैरीधारामा शोरुम संचालनमा ल्याएको छ ।

ललितपुरको झम्सीखेलमा चाँडै अर्को शोरुम सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ।

नेपाली बजारमा एथर ४५० एक्सको दुईवटा भेरिएन्ट उपलब्ध गराइएको कम्पनीले बताएको छ ।

जसमध्ये, स्ट्यान्डर्ड भेरियन्टको मूल्य ३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

यो भेरियन्टमा २.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।

यसमा रहेको ब्याट्रीले एक पटकको फुल चार्जमा १११ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

लङ रेन्ज भेरियन्टमा ३.७ किलोवाट आवर ब्याट्री जडान गरिएको छ।

ब्याट्रीले एक पटकको फुल चार्जमा १५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको मूल्य ४ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यी स्कुटरमा डिजिटल सिस्टम छ । साथै रिभर्स गियर फिचर र हिल होल्ड असिस्ट सिस्टम पनि स्कुटरमा उपलब्ध छ ।

साथै यसमा ७ इन्चको टीएफटी स्मार्ट टच डिस्प्ले समेत पाउन सकिन्छ ।

जसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर जस्ता फिचर उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *