लुयान स्कुटरको धनतेरेस र नेपाल संबतमा २५ हजार छुट

लुयान स्कुटरको नेपालका लागि अधिकारिक वितरक जेरो इमिसन राईड एनले तिहारलाई लक्षित गरी धनतेरेस र नेपाल सम्वत ११४४ का दिन विशेष छुटमा एस–७० प्रो स्कुटर बिक्री गर्ने भएको छ ।

उक्त दिन स्कुटर खरिद गर्दा ग्राहकले २५ हजार छुट पाउने कम्पनीले जनाएको छ ।

फेस्टिबल अफर अन्तर्गत प्रदान गरिँदै आएको २० हजार नगद छुटमा उक्त दिन ५ हजार थपेर २५ हजार छुट दिन लागिएको हो ।

साथै ग्राहकले एक वर्षको रोड ट्याक्स र निशुल्क हेल्मेट समेत पाउनेछन् ।

स्कुटरको चार्ज साइकल ८०० रहेको एस–७० प्रोलाई कम्पनीले केही समयअघि सम्पन्न नेपाल ईभी शोमा लन्च गरेको थियो । सो नयाँ स्कुटरमा लुयानले २.२ किलोवाटको लिक्वड कुल्ड हव मोटर दिएको छ ।

साथै यसमा ९६ भोल्ट २३ एम्पियरको ग्राफेन ब्याट्री पाउन सकिन्छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ७० देखी ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *