बेनेलीको पहिला कहिल्यै नभएको अहिले अफर

बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले नयाँ अफर ल्याएको छ ।

इटालीमा बनेको र विश्वमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै नभएको अहिले’ शीर्षक अन्तर्गत नयाँ योजना ल्याएको हो ।

उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ ।

यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निः शुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्नेछन् ।

यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ जसमा बेलेनी पेनेरिया स्कुटर, टिएनटी–१५, टिएनटी–१५०आइ र ३०२एस मोडलमा  ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क्याच कुपन र १८०एस तथा टिआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *