डिजेलको मूल्य घट्यो

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।

भारतीय आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मूल्यअनुसार डिजेलमा ३ रुपैयाँ ६३ पैसा घटेको र ग्यासमा प्रतिसिलिन्डर ९३ रुपैयाँ ६० पैसा तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा बढेर आएको थियो।

उपभोक्तालाई मूल्यवृद्धिको भार बढिरहेको भन्दै मन्त्री रिजालले ग्यास र पेट्रोलमा बढेर आएको मूल्य नबढाई यथावत राख्न र डिजेलमा घटेर आएको मूल्य घटाउन निगमलाई निर्देशन दिएका हुन्।

मन्त्री रिजालको निर्देशन पश्चात् आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेदेखि लागू हुने गरी भारतबाट आएको नयाँ मूल्यसूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *