१८५९ मा स्थापित ग्रीभ्स कोटन एण्ड कम्पनीको अन्तर्गत रहेको एम्पीयर, उप-ब्रान्डले भारतभरि १ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरूसँग प्रभावशाली फलोअर्स प्राप्त गरेको छ।
नेपालमा केडिया इन्टरनेशनलले एम्पीयरको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरका लागि आधिकारिक वितरकको जिम्मेवारी पाएर टेकुमा शोरुमको उद्घाटन गरेको हो ।
यो साझेदारीले नेपाली बजारमा एम्पीयरको आगमनमा भूमिका निर्वाह गर्ने कम्पनीको भनाइ छ ।
ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले नेपाली उपभोक्ताहरूका लागि दुई इलेक्ट्रिक स्कुटर मोडल,एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस ईएक्स प्रस्तुत गर्ने तयारी गरेको छ।
एम्पीयरद्वारा प्राइमस, ट्रेलब्लेजिङ इलेक्ट्रिक स्कूटरको मूल्य रु ३,७४,९९९ तोकिएको छ । यस्तै म्याग्नस ईएक्सको मूल्य २,९९,९९९ रुपैयाँ तोकेको छ ।
एम्पीयरका विद्युतीय स्कुटरहरू अब टेकु शोरुममा सहज रूपमा उपलब्ध हुनेछन् भने चाँडै नै नेपालभरका प्रमुख सहरहरूमा आफ्नो उपस्थिति विस्तार कम्पनीको योजना छ ।