नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारीमा रहेको बताएका छन्।
नेपाल एलपी ग्यास उद्योग संघको २८औँ वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन्।
उनले धितोपत्र निष्कासन नियमावली, २०७३ जारी भएपछि ०८० मा आउँदा साताैँपटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए।
कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आइपिओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आइपिओ जारी गर्न प्रतिबद्ध रहेको उनले जानकारी गराए।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल–पेट्रोलको जस्तै एलपी ग्यासको पनि स्वचालित मूल्य लागू गर्न माग गरे।
निगमले पेट्रोलको जस्तै एलपी ग्यासको पनि स्वचालित मूल्य लागू नगरेर ग्यास उद्योगीहरूलाई पाखा लगाएको उनको आरोप थियो।