एफ डि मोर्टर्स र नबिल बैंकबीच सम्झौता

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफ डि मोर्टर्स) र नबिल बैंकबीच सहज कर्जाका लागि सम्झौता भएको छ ।

सो सम्झौता अनुसार एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकले सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत कर्जा सुबिधा पाउनेछन् ।

जसअन्र्तगत ग्राहकले एफ डि मोटर्सका सोरुममा प्रक्रिया पूरा गरेर स्कुटर खरीद गर्न सक्नेछन् ।

एफ डि मोटर्सले हाल दुई वटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ ।

जसमा एफ फाइबको मूल्य दुई लाख ६१ हजार ९९९ र एफ फाइब एको मूल्य दुई लाख ९७ हजार ९९९ रहेको छ ।

छिटै ग्रन्थ ई भीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रीका लागि ल्याउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *