टु–हिवलरमा भने ठूलै समस्या

 -ध्रुव थापा

अध्यक्ष, नाडा

 

बजारमा अहिले ईभीको मागमा जुन रफ्तारले बृद्धि भइरहेको छ, त्यो आँफैमा राम्रो कुरा हो ।

विश्व बजारनै न्यू इनर्जी भेइकलमा सिफ्ट भइरहेको सन्दर्भमा नेपालले जुन गति पकडेको छ, यो आँफैमा सुखद पक्ष हो ।

यसो भनिरहँदा ईभीका नामले आयत हुने सवारीसाधनको गुणस्तरमा भने निकै सचेत वन्नुपर्ने देखिन्छ ।

अहिले आएका ईभी गाडीको गुणस्तरमा कुनै शंका नभएपनि टु–हिवलरमा भने ठूलै समस्या देखिएको छ ।

टु–ह्विलर इभीमा गुणस्तर भन्दा पनि ब्रान्ड भित्र्याउने होडबाजी वढ्दै गएको हामीले पाएका छौ, जुन राम्रो होइन ।
जहाँसम्म ब्याट्री ब्यवस्थापनको कुरा छ, यस विषयमा सरकारले प्रष्ट निती लिएको छ ।

आयतकर्ता कम्पनीले नै ब्याट्रीको व्यवस्थापन गर्नुपर्ने भनिसकेका कारण सम्वन्धित कम्पनीले यस विषयमा आ–आफ्नो तवरबाट तयारी अघि वढाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *