पोखराको शान्ति स्तूपामा बस दुर्घटना

पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटनबाट पुम्दीभुम्दी जाँदै गरेको बस आइतबार दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर, चारजनाको अवस्था सामान्य जटिल र २८ जनाको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक भरतबहादुर खत्रीले जानकारी दिए ।

शान्ति स्तूपा जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगरबस सडकबाट करिब २० मिटर तल खसेको थियो ।

उकालोको घुम्तीमा विपरीत दिशाबाट आएको बसलाई साइड दिने क्रममा नगरबस सडकबाट खसेको थियो ।

घाइते हुनेमा पोखराका विनिता न्यौपाने, सीता शर्मा, उत्तमबहादुर गुरुङ, सुस्मिता तिवारी, विशाल न्यौपाने, अजय त्रिपाठी, अनिता थापा, विनम शेर्पा, सीता शेर्पा, गीता गुरुङ, राधिका थापा, बुद्धिराज सुवेदी, रेवती कार्की, सीता गुरुङ, सृष्टि गुरुङ, सुवास गुरुङ र दक्षता गुरुङ छन् । यस्तै, काठमाडौंका नमन भट्टराई, सुसान पौडेल, रेखा बस्नेत, समर बस्नेत, विनिता पराजुली, मञ्जली सुनार, चन्द्रमा पौडेल, प्रभा पराजुली, चन्द्रप्रसाद पराजुली, सुरेश निरौला, इसु निरौला, रीमा कार्की, विवेक शर्मा र रोशनी बस्नेत, तनहुँकी तारा पराजुली, सुरक्षा रिमाल, ग्रेसी थापा र कल्पना सिग्देल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *