होन्डाको नयाँ इलेक्ट्रिक स्कुटर एससीए–ई

जापानमा जारी टोकियो मोटर शोमा होन्डाले नयाँ इलेक्ट्रिक स्कुटर एससीए–ई को कन्सेप्ट देखाएको छ ।

सो नयाँ कन्सेप्टको डिजाइन हाल यूरोमा बिक्री हुँदै आएको होन्डा ईएम१–ई स्कुटर जस्तै देखिए पनि यसको साइज भने केही ठूलो छ ।

होन्डाका अनुसार सो नयाँ स्कुटरमा १.३ किलोवाट आवरको २ वटा रिमुभेवल ब्याट्री प्याक जडान गरिनेछ ।

कम्पनीले यसको मेकानिकल, पावरट्रेन र फिचरका वारेमा कुनै जानकारी बाहिर नल्याए पनि सो नयाँ स्कुटरको अगाडी टेलिस्कोपिक फर्क र पछाडी मोनोशक सस्पेन्सन जडान हुनसक्ने आँकलन गरिएको छ ।

साथै यसमा १२ इन्चको ह्विल उपलब्ध हुनेछ ।

विश्वकै ठूलो मध्ये एक टु ह्विलर ब्रान्ड होन्डाले पछिल्लो समय इलेक्ट्रिक टु ह्विलरमा खोज एबं अनुसन्धान तिब्र बनाउँदै लगेको छ ।

कम्पनीले निकट भविष्यमै भारतीय बजारलाई लक्षित गरी बिभिन्न मोडलका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्ने जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *