बीवाइडी डल्फिनले ५ स्टार रेटिङ पायो

बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन एनक्यापको सेफ्टि टेष्टमा ५ स्टार रेटिङ हाँसिल गरेको छ ।

हालै सम्पन्न सो क्र्यास टेष्टमा डल्फिन सहित बीवाइडीको अर्को प्रिमियम इलेक्ट्रिक सेडान सीलले समेत ५ स्टार रेटिङ पाएको हो ।

यसअघि बीवाइडीकै एट्टो३ ले पनि सो टेष्टमा ५ स्टार रेटिङ पाएको थियो ।

नेपाली बजारमा समेत बिक्री शुरु भएको डल्फिनले उक्त क्र्यास टेष्ट अन्तर्गत एडल्ट अकुपेन्ट प्रोटेक्सनमा ८९ र चाइल्ड अकुपेन्टमा ८६ प्रतिशत स्कोर हात पारेको थियो ।

बीवाइडीका इलेक्ट्रिक कार पछिल्लो समय अष्ट्रेलियामा निकै लोकप्रिय वनिरहेका छन् ।

बीवाइडीको ईभी डेडिकेटेड प्लेटफर्म ई–३.० मा निर्माण भएको डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३४० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

डल्फिनको शुरुवाती मूल्य नेपाली बजारमा ३९ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सेफ्टि फिचर अन्तर्गत यसमा ६ वटा एयर ब्याग, इन्टेलिजेन्ट पावर ब्रेक सिस्टम, एवीएस, इलेक्टोनिक स्ट्याविलिटी कन्ट्रोल (ईएससी), टायर प्रेसर मोनिटरिङ सिस्टम (टिपीएमएस), इलेक्ट्रिक पार्किङ ब्रेक सिस्टम (ईपीबी), ट्रयाक्सन कन्ट्रोल सिस्टम (टिसीएस), इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्यूसन (ईबीडी), अगाडी २ वटा र पछाडी ३ वटा राडर, अटो होल्ड, एडप्टिभ फ्रन्ट लाइट, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ सिस्टम (एईबी), लेन डिपार्चर वार्निङ, एडप्टिभ क्रुज कन्ट्रोल, रियर कोलिजन वार्निङ र ब्लाइन्ड स्पोट डिटेक्सन लगायत पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *