राष्ट्र बैंकले लगानी गर्ने

राष्ट्र बैंकले मुद्दति निक्षेपमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

आफ्नो विभिन्न कोषमा रहेको पैसा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले २०८० मंसिर ४ देखि २०८१ मंसिर ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले कात्तिक १५ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १४ करोड १४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ८८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *