फोटोन र इटालियन ब्रान्ड पियाजिओ मिलेर ईभी उत्पादन गर्ने

चीनको अग्रणी अटो निर्माता फोटोन र इटालियन ब्रान्ड पियाजिओ मिलेर यूरोपेली बजारका लागी लाइट कमर्सियल ईभी उत्पादन गर्ने भएका छन् ।

चीनको वेइजिंगमा पियाजिओ ग्रुपका सिईओ मिसेल कोलानिंनो र फोटोन मोटर ग्रुपका भाइस प्रेसिडेन्टमा रेंताओविच सो सम्वन्धि सम्झौता भएको हो ।

यी दुई कम्पनी मिलेर यूरोपका लागि नयाँ रेन्जको इलेक्ट्रिक पोर्टर गाडी बनाउने सहमती गरेका हुन् ।

सहमती अनुसार सो नयाँ रेन्जको गाडी इटालीस्थित पियाजिओको प्लान्टमा उत्पादन हुनेछ ।

इन्टर सिटीको आवश्यकता अनुसार कम्तिमा १ टन पेलोड क्षमता भएका गाडी दुई नयाँ मोडलमा उपलब्ध हुने जनाइएको छ ।

यसअघि पनि यी दुई ग्रुपले सहकार्य गरी यूरोपमा धेरै रुचाइएको पहिलो सिटी ट्रक पोर्टर एनपी६ जस्ता गाडी उत्पादन गरेका थिए ।

फोटोन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको ब्रान्ड हो ।

सो ब्रान्डको हाल इलेक्ट्रिक र कम्वसन दुबै पावरट्रेनका गाडी नेपाली बजारमा उपलब्ध छन् ।

यो ब्रान्डलाई नेपालमा एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले आयत गरी बिक्री बितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *