४४ प्रतिशतले घट्यो टेस्लाको मुनाफा

क्यालिफोनिर्या । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको मुनाफा अपेक्षा गरिएको भन्दा निकै निराशाजनक रहेको छ ।

कम्पनीले विक्री बढाउन अमेरिका र चीन समेत कयौँ बजारमा आफ्नो सवारी साधनको मूल्य घटाएको थियो । तर यसको असर सिधै कम्पनीको त्रैमासिक मुनाफामा देखिएको छ ।

सेप्टेम्बर ३० मा सकिएको त्रैमासमा कम्पनीले१ अर्ब ९० करोड डलर मात्रै खुद मुनाफा कमाएको छ ।

मुनाफाको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशत थोरै हो ।

त्यति बेला कम्पनीको मुनाफा ३ अर्ब ३० करोड डलर थियो । समीक्षा अवधिमा कम्पनीले २३ अर्ब ४० करोड डलरको विक्री गरेको छ ।

विक्रीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशत धेरै  भएपनि वाल स्ट्रिटका विश्लेषकहरूले गरेको अनुमान भन्दा चाँहि कम हो ।

मुनाफालाई भन्दा बढी प्राथमिकता विक्रीलाई दिएर गएको वर्ष कम्पनीले अमेरिकामा आफ्ना कारको मूल्य २५ प्रतिशतले घटाएको थियो ।

मूल्य घटाएर पनि अमेरिकाको विद्युतीय कार बजारमा टेस्लाको हिस्सा बढ्न सकेन ।

पहिलो त्रैमासको ६० प्रतिशतबाट घटेर तेस्रो त्रैमासमा ५० प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *