भारतको मध्यप्रदेशमा रूखमा कार ठोक्कियाे

मध्य प्रदेश : भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

वीरसिंहपुर पाली थाना क्षेत्रमा सोमबार राति १२ः३० बजे दुर्घटना भएको हो ।

कारमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरसिंहपुर पाली प्रहरी चौकीका प्रमुख मदनलाल मारावीले भने, “शहडोल जिल्लाबाट कारमा आएका पाँच जना गत राति जिल्लाको एक दाभामा खाना खाएर फर्किने क्रममा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमा नै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।”

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान सुरु गरेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि पठाइएको र त्यसपछि परिवारको जिम्मा लगाइने मारवीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *