सार्वजनिक सवारीका लागि छुट्टै लेन

काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ।

हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको हो।

यही असोज ३ गतेदेखि यो नियम लागु गर्ने गरी सडक विभागले काठमाडौंको सडकमा रङ लगाइरहेको छ।

बिहान ९ बजेदेखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुबै तर्फबाट गुड्न पाउने भएको छ। उक्त लेन र नियम प्राइभेट नम्बर प्लेटका सवारी साधनलाई लागु नहुने बताइएको छ।

सडक विभागका तर्फबाट केएएम कन्स्ट्रक्सनले दुई दिनभित्र भक्तपुरदेखि लैनचौरसम्म रंग पोतेर सक्ने गरी पाँच वटा मेसिनले धमाधम रङ लगाउने काम गरिरहेको छ।

अब उक्त सार्वजनिक सवारीको निम्ति छुट्टयाएको लेनमा निजी गाडीहरू गुड्न पाउने छैन भने कार्यालय समयमा उक्त लेनमा निजी गाडी गुडाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने केएमसी कन्ट्रक्सनका साइड म्यानेजर जितु सुवेदीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *