नाडा अटो शोमा टाटाको स्टलमा दर्शक तथा अवलोकनकर्ताको आकर्षण

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ ।

राजधानीको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा मंगलबार सुरु १५औ संस्करणको अटो शो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरुको विक्री वितरण शुभारम्भ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री प्रकाशशरण महतले यी गाडीहरु सार्वजनिक गरेका हुन् ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य विशेषताहरु छन् ।

जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायीता छन् ।

क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु छन् ।

यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक छ ।

यस टियागो इभी सीमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ हजार मात्रै राखिएको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकवर्गको ड्राइभिङ अनुभवलाई नविन र दिगो ढंगले रुपान्तरण गर्ने साझा प्रतिवद्धताको प्रतिनिधित्व गर्ने बताए ।

‘टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महशुस गर्दछ,’ उनले भने ।

यसैबीच नाडा अटो शोमा टाटाको स्टलमा दर्शक तथा अवलोकनकर्ताको आकर्षण देखिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *