लुयानको नेपालका लागी आधिकारिक वितरक जेरो एमिसन राइड एनले भदौ १५ देखी काठमाडौंंमा आयोजना हुने नेपाल ईभी इन्टरनेश्नल शोमा एस–७० प्रो मोडललाई लन्च गर्न लागेको हो ।
लुयानको हाल एमएनके–३ र एस–३० मोडल उपलब्ध रहँदै आएको छ ।
सो नयाँ स्कुटरमा लुयानले २.८ किलोटको लिक्वड कुल्ड हव मोटर दिएको छ । साथै यसमा ९६ भोल्ट २३ एम्पियरको ग्राफिन ब्याट्री पाउन सकिन्छ ।
सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ७० देखी ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी गरिएको छ । स्कुटरको चार्ज साइकल ८०० रहेको छ ।
लुयान एस–७० प्रोको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने यसमा डिआरएल सहितको एलइडी हेडलाइट, एलइडी डिस्प्ले, एनएफसी सेन्सर किलेस इन्ट्री र एन्टि थेप्ट सिस्टम लगायत फिचर पाउन सकिन्छ ।
यसको ग्राउन्ड क्लिरियन्स १३५ एमएम र ह्विलवेश १३०० एमएम रहेको छ ।
सो नयाँ स्कुटरको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँमा निर्धारण गरिएको कम्पनीले जनाएको छ ।