गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न

नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्वप्रख्यात र सबैभन्दा सर्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर सेल्स एक्जेक्युतिभ मिट सम्पन्न गरेको छ ।

पोखरामा आयोजित, यो कार्यक्रम लुब्रिकेन्ट उद्योगमा सम्भवतः एक मात्र यस्तो कार्यक्रम हुन सक्ने कम्पनीले जनाएको छ ।

यो कार्यक्रममा नेपाल भरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युतिभहरुको उत्साहजनक सहभागिता थियो ।

कम्पनीका अनुसार, ब्रान्डको भ्यालु र बिक्रि बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबै न्दा धेरै हुन्छ ।

नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सेल्स टिमको स्तर उन्नतिलाई ध्यानमा राखी थुप्रै पहल र कार्यक्रमहरु संचालनमा ल्याई राखेको र यो डिलर सेल्स एक्जेक्युतिभ मिट २०८० ती कार्यक्रम मध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ ।

सो मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाबारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो ।

नेपाल ल्युब आयल लिमिटेडका महा-प्रबन्धक गंगाराज भट्टराईका अनुसार, “हाम्रो सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबैभन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो हो ।

एक प्रशिक्षित सेल्स एक्जेक्युतिभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ । यसले हाम्रो ब्रान्ड भ्यालु र बिक्री बढाउन मद्दत गर्नेछ ।

यो मिट हाम्रो सेल्स टिमलाई अझै बलियो बनाउनको लागि सम्पन्न भएको हो ।“

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखी इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *