हेटौडा अटोमोबाइल एशोसिएसनको वार्षिक सामाजिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ६ महिला सहित ३५ जनाले रक्तदान गरेका थिए, हेटौडा १० बुद्ध चौकमा भएको उक्त कार्यक्रमको अध्यक्षता एसोसिएसनका अध्यक्ष दामोदर प्रसाद अटलले गर्नु भएकाे थियाे भने प्रमुख अतिथिको रूपमा हे. उ .म. नपाका नगर प्रमुख आदरणीय मीना लामाको उपस्थिति थियो ।
विशिष्ठ अतिथिको रूपमा NADA का प्रदेश संयोजक सुदेश कुमार श्रेष्ठकाे उपस्थिति थियो ।
साथै यस संस्थाका धरोहर पूर्व अध्यक्ष तथा सल्लाहकार सुरेश कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष सागर सापकोटा तथा सम्पूर्ण कार्य समिति पदाधिकारी कार्यसमिति सदस्य साधारण सदस्यहरुको उपस्थिति थियो ।
संस्थाका महासचिव दीपेन्द्र उप्रेतीले कार्यक्रम संचलन गर्नु भएको थियो भने यसै संस्थाका कार्य समिति सदस्य उत्तम भण्डारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको जानकारी सचिब जितेन्द्र तिवारीले दिनुभयो ।