इभी ब्रान्ड सेरेसको अबको गन्तव्य नेपाल

‘टेक्नोलोजि जायन्ट’ हुवावेसँग साझेदारी रहेको इभी ब्रान्ड सेरेसको अबको गन्तव्य नेपाल

विश्वको अग्रणी ‘टेक्नोलोजि जायन्ट’ हुवावेसँग साझेदारी रहेको विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपाली अटो बजारमा प्रवेश गर्ने तयारी गरेको छ ।

विश्वका ७० वटाभन्दा बढी मुलुकमा बलियो उपस्थिति रहेको सेरेसले एसियामै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारीसाधनको बजार नेपाललाई आफ्नो नयाँ गन्तव्य रुपमा अघि सारेको हो ।

इलेक्ट्रिक कारमा ‘डेडिकेटेड’ ब्रान्ड सेरेस नाडा अटो सोमा सार्वजनिक हुन लागेको हो ।

एमएडब्लु ग्रुपले सेरेस ब्रान्डलाई नेपाल भित्र्याउन लागेको हो ।

हुवावे र सेरेसले केही साताअघि मात्रै आफ्नो साझेदारीलाई विस्तार गर्दै इभी विकास गर्ने घोषणा गरेको थियो ।

यी दुई कम्पनीले यो वर्षको अन्तसम्ममा हुवावेको ‘एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’ भएको आफ्नो पहिलो ‘आइटो–ब्रान्डेड’ कार मोडेल सार्वजनिक गर्ने योजना बनाएको थियो ।

हुवावेको सहयोगमा सेरेसले सन् २०२६ सम्ममा १० लाख इलेक्ट्रिक कार उत्पादन गर्ने लक्ष्य राखेको छ ।

उनीहरुले सहकार्यमा आविष्कार केन्द्रको स्थापना गर्ने पनि जनाइसकेको छ ।

सेरेसले हालसम्म एक लाखभन्दा बढी इलेक्ट्रिक कार डेलिभर गरिसकेको छ ।

प्रविधिको हब मानिने अमेरिकाको ‘सिलिकन भ्याली’मा स्थापना भएको सेरेस ब्रान्डलाई प्राविधिक विशिष्टताका कारण इभी क्षेत्रमा अग्रज मानिन्छ ।
हुवावे र सेरेसबीचको नयाँ सम्झौताअनुसार बन्ने इलेक्ट्रिक कार बिल्कुल नयाँ प्लेटफर्ममा निर्माण हुनेछ ।

यसका लागि सेरेरले औद्योगिक संसाधन र नयाँ प्रविधि तथा प्रक्रिया उपलब्ध गराउनेछ । त्यसैगरी, हुवावेले ‘स्मार्ट’ र ‘इनोभेटिभ इन्टरफेस’, ‘एड्भान्स्ड स्मार्ट ड्राइभिंग टेक्नोलोजी’ र पछिल्लो ‘हार्मोनी अपरेटिंग सिस्टम सफ्टवेयर इकोसिस्टम’ बाट चल्ने ‘ककपिट’ उपलब्ध गराउनेछ ।

सेरेसले ‘सिलिकन भ्याली’मा मात्र नभई ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ ।

इभीको उपलब्धतालाई सहज र दिगो बनाउनले उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दीर्घकालिन लक्ष्य लिएको छ ।

सेरेर नविनतम प्रविधिको विकास गर्न चीनमा मात्र होइन अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एन्ड डेभलपमेन्ट विंग’लाई संचालन गर्दै आएको छ ।

‘ड्राइभिङ’लाई थप पर्यावरण–मैत्री र व्यावहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

आउँदो २६ भदौबाट सुरु हुने नाडा अटो सोमा सेरेसले आफ्नो सफल उत्पादन ‘सेरेस–३’ लाई सार्वजनिक गर्ने योजना बनाएको छ ।

इलेक्ट्रिक कारको ‘एक्सेप्टेन्स’ एसियामै सबैभन्दा बढी (करिब ६० प्रतिशत) रहेको नेपाली अटोबजारमा सेरेसले चीन र युरोपमै झैं सफलता पाउनेमा एमएडब्लु ग्रुप विश्वस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *