मेरी बहिनी दिपाले जिपलाईन चढेको अनुभव सुनाइन्, मलाई तत्काल बन्जी जम्प गर्न इच्छा जागेर आयो ।
सोमवार साँझको बेला दुवैजनाले ठट्टा गर्दा गर्दै बन्जी जम्प गर्ने निर्णय गरियो । मैले उसलाई हौसिदै चाँडो भन्दा चाँडो भोटेकोशी पुगेर बन्जी जम्प गर्ने प्रकृया बुज्न आग्रह गरे ।
केही अगाडी सम्म कसैले सामाजिक सञ्जालमा बन्जी जम्प गरेको दृश्य देख्दा पनि आङ सिरिङ्ग हुने गथ्र्यो । जीवनमा सबै कुरा गर्न सकिने तर बन्जी जम्प गर्न नसकिने निर्णय मनले गरेको थियो ।
मन मनै आफूलाई कसरी आत्महत्या गर्न दिनु हर्ट एट्याक होला, प्रेसर घट्ला, ढुङ्गामा टाउको बजारिएला, डोरी चुडिएला भन्ने जस्ता अनेकौ विचारहरु अनवरत रुपमा खेल्ने गर्थे ।
बन्जी जम्प गर्नेहरु निकै शाहसी हुन् वा मुर्ख हुन् की जस्तो पनि लाग्थ्यो । मनैत हो, एक्कासी परिवर्तन भयो । ख्यालख्यालमै बन्जी जम्प गर्ने निर्णय गरियो ।
मनमा एक किसिमको उर्जा, सक्ती, आँट र आफैमा हौसला भरिएर आयो । म गर्न सक्छु भनेर इच्छा सक्ती बढेको जस्तो लाग्यो । बन्जी जम्प गरेको कल्पना गर्दा पनि मनमा कुनै खालको भय आएन ।
त्यसपछी मैले मानिसहरुले बन्जी जम्प गरेको भिडियोहरु हेर्न थाले । आफुले पनि बेलाबेलामा जम्प गरेको र मस्त हावामा उडेको परिकल्पना गर्न थाले ।
साथै जम्प गर्दा आउन सक्ने सारिरिक, मानसिक र भावनात्मक असरहरुको वारेमा अनुमान गरेर त्यसलाई सहजै सहन सक्ने आत्मविस्वस बढाउदै लगे ।
हामीले शनिवारको दिन बन्जी जम्प गर्न पाउने भयौ । उही कुरा मनमा बारम्वार आइरहे ।
सिन्धुपाल्चोकमा रहेको द लास्ट रिर्सोटको ठमेलमा रहेको कार्यालयबाट हामी सनिवार विहान ७ बजे बन्जी जम्पको लागी प्रस्थान ग¥यौ ।
छोरी र दिपा सहित हामी ३ जना त्यस तर्फ लागेका थियौ । त्यही गाडीमा हामी नेपाली र केही विदेशी यात्रु बन्जी जम्पको लागी हिडेका थिए । हामी यात्रा रमाइलो बनाउदै अगाडी बढेका थियौ ।
शुक्रवारको दिन घर छेउमै भएको कार्यक्रमले र शनिवारको उत्साहले ननिदाइकन रात वितेको थियो ।
जसको कारणले टाउको भारी र आँखा अनिदो तथा ज्यान थाकेको थियो ।
तर पनि उत्साहले त्यो थकानको प्रभावलाई निकै कम गरेको थियो । हामी धेरै जना त्यहाँ बन्जी जम्पको लागी पुगेका थियौ । धेरै जना मानिहरु बन्जी जम्पको लागी तम्सीएको कारण मेरो मन झनै ढुक्क भयो ।
त्यहाँ बन्जी जम्पका विज्ञले यो कार्यलाई कसरी सुरक्षित तरिकाले गर्ने भनेर बताए ।
त्यस पश्चात आ–आफ्नो नाम र इमेल इन्ट्री गरे लगत्तै हामी एक हुल झुलुङ्गोतिर लाग्यौ ।
बिहानीको न्यानो घाम, हल्का बतास र चारैतिरको मनोरम दृश्य अबलोकन गर्र्दै झुलुङ्गो हल्लाउदै हामी पारी पुग्यौ ।
त्यहाँ उपस्थित प्रायको मुहार उत्साहले होकी डरले मलिनो देखिन थाल्यो ।
एक अर्कासित बातचित र तर्क गर्दै केही न केही अभिव्यक्ती प्रस्तुत गर्दै लाइन अगाडी बढ्दै गयो । पुल एकदमै उचाईमा र खोला र पुलको विचको दुरी धेरै थियो ।
सबैको मुहारमा भय स्पस्ट देखिन्थ्यो । तैपनि उत्साहित देखिन्थे म भने सबैभन्दा बढी उत्साहित थिए र भयले पटक्कै छोएको थिएन । त्यो बेला सम्म कतिपयले यो यात्रा विचैमा त्यागेर फर्किएका थिए ।
तर मेरो साहसमा कतिपनि कमी आएको थिएन । पालो अनुसार त्यहाँ आँट गर्ने ले बन्जी जम्प गर्दै गए । आतुर हुदा हुदै मेरो पनि पालो आयो । सबै प्रकृया पुरा गर्दै हाँस्दै घिस्रिदै डिलमा पुगियो ।
हात फैलाउदै खुट्टाको आधा भाग मात्र टेकेर अन्तिम चरणमा पुगिरहँदा अचानक आँखा तलतिर खोलामा ठोकिन पुग्यो र अचानक एक प्रकारको कम्पन शुरु भएको अनुभुती भयो तब कता कता के-के भए जस्तो पैताला देखी शिरसम्म चिसो भयो, छाती फुलेर ढुक्क भयो ।
ढुकढुकीले सिमा नाघ्न थाल्यो । ला अब के होला, कसरी खुट्टा छोड्ने होला भनेर मनमा कुरा खेलाउँदा खेलाउँदै लामो गहिरो स्वास लिदै आइ एम पोसिबल आइ क्यान डु इट भन्दै खुट्टा छोड्दै हावामा पौडिदै अन्तत तलसम्म पुगियो ।
तल झर्ने क्रममा मन मस्तिष्क पुरा शुन्य थियो ।
हावाको वेग चिर्दै दुबै हात फैलाउदै अनौठो अनुभूती गर्दै डोरिले फनफनी घुमाउदा मलाई खुब मज्जाको अनुभूती भयो ।
यो बेलासम्म मेरो डर पुरै नियन्त्रण भैसकेको थियो । हावामा उडिरहेको अनुभुती र शब्दले बयानै गर्न नसकिने अनुभूती भएको थियो ।
त्यो आनन्दको अनुभव माथिबाट डोरी तान्ने सिग्नल आएपछी कम भयो ।
विस्तारै हर्षित भावमा पुलमा पुगियो । त्यसपछी आएको अनुभुती र अनुभव कुनै ठूलो युद्ध जिते जस्तो थियो ।
सगरमाथा पनि चढ्न सकिने आत्मबल ममा जागेको थियो । मन नाचिरहेको थियो ।
छुट्टै युगमा प्रबेश गरेको अनुुभुती, हर्ष विभोर, त्यो क्षणलाई सदैव समातु जस्तो, खुसिहरु व्यक्त गर्न शब्दहरु नभेटिए जस्तो, हर्षमय चित्कार कता कता पोखौ जस्तो भैरह्यो ।
धेरैसँग अनुभव साटियो । विस्तारै रामाइलो गर्दै फेरी हामी फर्कियौ ।
यो स्वर्णिम पल विस्तारै वित्तै गयो । तर जहिले सम्झदा पनि त्यो पलले मनमा एक किसिमको खुसी र साहस जगाइ रह्यो ।