ईभीको नयाँ उत्पादनबारे जानकारी दिन एक्स्पो

ईभीको प्रयोग बढाउन एक्स्पोको आयोजना

– श्यामसुन्दर सापकोटा,

अध्यक्ष तथा एक्स्पो संयोजक – इभीमेन

इलेक्ट्रीक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोटर्स एशोशिएसन अफ नेपालले विद्युतीय सवारीलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले आगामी भदौ १५ गतेदेखि १७ सम्म काठमाडौंको भृकुटीमण्डपमा ईभी एक्स्पो हुने भएको छ ।

एक्स्पोमा १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहने आयोजकले दावी गरेको छ ।

साथै, उनिहरुले एक्स्पोमा १५० भन्दा धेरै ब्राण्डका गाडी र विद्युतीय सामग्रीहरु प्रदर्शनीमा राखिने जनाएका छन् ।

एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री र अन्य विद्युतीय सामग्री रहने छन् ।

अटो कम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन बैंक र बीमा कम्पनीहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

विद्युतीय गाडीको बढ्दो लोकप्रियता र नेपालमा विद्युतीय सवारीसाधनको आवश्यकतालाई झल्काउन एक्स्पो सहयोगी बन्ने आयोजकको भनाइ छ ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार निजी प्रयोगका साधनमा ईभीको आयात झन्डै ४० प्रतिशत पुगेको र तिब्र गतिमा प्रयोग बढ्दो क्रममा रहेकाले एक्स्पोले थप उचाई दिने आयोजको दावी छ ।

‘ईभीको प्रयोग बढाउन हामीले एक्स्पो आयोजना गर्न लागेका हौं ।

अहिलेको आर्थिक मन्दीमा पनि ईभीको बिक्री उच्च हुँदा नयाँ उत्पादन बारे जानकारी दिन एक्स्पो सहयोगी बन्ने छ’, इभीमेनका अध्यक्ष तथा एक्स्पो संयोजक श्यामसुन्दर सापकोटा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *