देशभरका व्यवसायीहरू राजधानीको आन्दोलनमा

काठमाडौंमा निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी सरकारले उपलब्ध गराएको भन्दै बिहीबार पनि प्रदर्शन गरेका छन्।

दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपाल निर्माण व्यवसायी महांघको अगुवाईमा निर्माण व्यवसायीहरुले काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेका हुन्।

व्यवसायीहरूको अर्बौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन्।

महासंघको निर्देशन अनुसार राजधानी केन्द्रित आन्दोलन सफल पार्न देशभरका व्यवसायीहरू राजधानी आएका छन्। दोस्रो चरणको आन्दोलनलाई आगामी शुक्रबारसम्म जारी रहने महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *