नासा फाउण्डेसनको साधारण सभा सम्पन्न

विगत एक दशक देखि नेपालको सडक र यातायात, सेफर मोविलिटि, स्मार्ट सिटी, अटोमोबाइल तथा वातावरणको क्षेत्रमा क्रियाशील नासा फाउण्डेसन नेपालको वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न नासा फाउण्डेसनले जनाएको छ ।

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटि नेपालका संयोजक तथा पूर्वमन्त्री योगेश भट्टराई,  इन्टरनेशनल रोड फेडेरेसन (आइआरएफ) जेनेभाका डेपुटी डाइरेक्टर जनरल गोन्जालो अल्कराज (Gonzalo Alcaraz) समेतको उपस्थितिमा सम्पन्न साधारण सभाले आगामी कार्यकालको लागी संचालक समितिको समेत चयन गरेको छ ।

सन् २०१५ मा हलिवुड अभिनेत्राी तथा ग्लोबल रोड सेप्टी एम्बेसडर मिचेल योहको उपस्थितिमा नेपाल अटोमोबाइल्स एसोसिएसन द्वारा स्थापित यस फाउण्डेसनले ‘अटोमोबाइल एण्ड सोसाइटी’ को थिममा विभिन्न कार्य गर्दै आएको छ ।

नेपालको दिगो सडक, सुरक्षित यातायात तथा विभिन्न सामाजिक क्षेत्रका छुट्टै पहिचान भएको नासा फाउण्डेसनको बोर्डमा ई. कृष्णसिँह बस्नेत संयोजक र मधुसुदन सिग्देल कोषाध्यक्ष तथा सुवास भट्टराई कार्यकारी सचिवमा चयन हुनुभयो ।

त्यस्तै डा. पुष्पराज पन्त, ई. प्रवेश पौडेल, विपिन गौतम तथा मोनालिसा खम्बु वोर्ड सदस्य चयन गरियो भने दशरथ रिसाललाई पदेन बोर्ड सदस्यमा घोषण गरियो ।

साधारण सभाले फाउण्डेसनका कार्यक्रमको समिक्षा गर्नुका साथै कार्यक्रमका नीति, कार्ययोजना बजेट तथा समसामयिक क्षेत्रका विभिन्न कार्यका लागी विभिन्न निर्णय गरियो ।

फाउण्डेसनका पूर्व संयोजक भगवती सेडाईलाई विज्ञ सल्लाकार चयन गर्दै सम्पन्न सो सभामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रस्तावहरु पारित गरिएको थियो ।

सो वार्षिक साधारण सभामा अटो पत्रकार संघको अध्यक्ष उज्वल जँग शाह, एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नेपाल अटोमोबाईल्स एसोसिएसनका सचिव महेश अधिकारी, सह–कोषाध्यक्ष कमला आचार्य, स्पोर्टस क्लाईम्बिङ्ग संघका वरिष्ठ उपाध्यक्ष रमेश पौडेल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *