पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको हो ।

सो सडक खण्डको बेँसीसहर नगरपालिका–६ को खरखरे भिर, चनौटे, पुमाखोला लगायतका स्थानमा पहिरो गएको बाटो अवरुद्ध भएको छ ।

मस्र्याङदी गाउँपालिका–६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरो सहित ठूला चट्टान आएर बाटो अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास असफल भइरहेको छ ।

निरन्तरको वर्षाले पहिरो खुलाउन कठिनाई भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *