नाटु बाग्मती प्रदेशको संगठन बिस्तार र कमिटी पुनर्गठन

काठमाडौंको कागेस्वरि मनोहरा नगरपालिकामा नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) बाग्मती प्रदेशको संगठन बिस्तार र कमिटी पुनर्गठन कार्यक्रम अन्तर्गत नि: शुल्क मुल्यसुची बितरण कार्यक्रम आयोजना गरि गणराज उप्रेती अध्यक्ष रहेको पुर्व कागेस्वरि मनोहरा नगर कमिटी विघटन गरि बुद्दराम चौधरी को अध्यक्षतामा एक महिला सदस्य सहित १३ सदस्यिय नगर कमिटी पुनर्गठन गरिएको छ ।

कार्यक्रमको सभापतित्व प्रदेश अध्यक्ष महेन्द्र राज गिरिले गर्नु भएको थियो भने केन्दृय उपाध्यक्ष नारायन पुरि प्रमुख आतिथि रहनु भएको उक्त मूल्य शुचि बितरण कार्यक्रममा केन्दृय महिला सदस्य कल्पना खतिवडा महिला बक्ता हुनुह्न्थ्यो ।

बाग्मती प्रदेश सह सचिव तथा तीन कमिटी इन्चार्ज दिवस अधिकारिले शुभकामना तथा स्वागत मन्तब्य दिनु भएको थियो जसमा बाग्मती प्रदेश सचिव बिश्नु लम्सालले उक्त मूल्य शुचि बितरण कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष रोसन लामा, कोषाध्यक्ष बाबुराज श्रेष्ठले मन्तब्य राख्नु भएको थियो, जसमा केन्दृय बक्ता हरु बाग्मती प्रदेश इन्चार्ज तथा केन्दृय सदस्य बिनोद फुयाल र मोटर साइकल क्षेत्रका केन्दृय इन्चार्ज भिमसेन खतिवडाले कार्यक्रमबारे औचित्य पुष्टि पार्नु भएको थियो ।

केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रम का प्रमुख अतिथि नारायन पुरिले पुनर्गठित कमिटीलाई सपथ ग्रहण खुवाउनु भएको थियो भने अन्तमा बाग्मती प्रदेश अध्यक्ष तथा कार्यक्रमका सभापती महेन्द्र राज गिरिले पुनर्गठित १३ सदस्यीय कागेस्वरी मनोहरा नगर कमिटीलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना प्रदान गर्दै बाग्मती प्रदेशको भिजन, सर्कुलर र सक्रियतालाई कार्यन्वयन गर्दै अघि बढ्न निर्देशन दिदै बाग्मति प्रदेश अध्यक्ष तथा कार्यक्रमको सभापति महेन्द्र राज गिरिले अबिर टीका लगाइ कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भएको थियो ।

पुनर्गठित निम्न १३ सदस्य कमिटी पधादिकारीहरु रहनु भएको छ ।

जसमा, अध्यक्ष: बुधराम चौधरी, उपाध्यक्ष: दिपक सदा, कोषदक्ष: शेख शुर्फ दिन, सचिव: कृश्न पन्डित, सह सचिव: राम कुमार बस्नेत, सदस्यहरु – क्रमश: अरुनकुमार जैसवाल, प्रेम कुमार महतो, अब्दुल सलाम, श्याम पासा, ध्रुव केशी, शुनिता धिमाल,  मोहमद सहजाद, समीर लिम्बू  रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *